माछापुच्छ्रे क्यापिटलले गर्यो १ अर्बको लगानी व्यवस्थापन



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।

कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यसैक्रममा हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ ।

यस लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु