सेयर बजारमा सुरु भएकै हो त बियरिस ट्रेन्ड ?




काठमाडौं । सेयर बजारमा बियरिस ट्रेन्ड देखिएको छ । पछिल्लो समय बजार घटेसँगै कारोबार रकम पनि निकै घट्न थालेको छ । यसलाई लगानीकर्ताहरुले बियरिस ट्रेन्ड सुरु भएको संकेत गरेका छन् ।

एक लगानीकर्ताका अनुसार पछिल्लो समय बजारमा आएको गिरावट र कारोबार रकम समेत सुस्त हुँदै जाँदा यसले बियरिस टे«न्डको संकेत गरेको छ ।

सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक ४९.०४ अंकले घटेको छ । बजार ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ ।

यो दिन २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ ।

बैंकिङ १७.८८, विकास बैंक १८९.०१, जलविद्युत ६६.६५, फाइनान्स ९३.३७, निर्जीबन बीमा २४५.८५, उत्पादन तथा प्रशोधन १५३.६७, माइक्रोफाइनान्स ८४.४, जीवन बीमा समूहको उपसूचक २३०.८३ अंकले घटेको छ ।

कारोबारमा सामलिङ पावर कम्पनी र न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु