राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कागेश्वरी मनोहरामा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ थलीमा नयाँ शाखा कार्यालय शुरुवात गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उद्घाटन गरे ।

उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि बैंक पहिलो नम्बरको बैंक बन्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिँदै आम नागरिकमा वित्तीय पहुँच बिस्तार गरिरहेको बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


क्लिकमान्डु