फागुन १ गतेदेखि एकद्वार प्रणालीमा विद्युतीय प्रणाली लागू हुने



काठमाडौं । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा फागुन १ गतेबाट पूर्णरुपमा विद्युतीय प्रणाली लागू हुने भएको छ ।

उद्योग विभागले सुचना जारी गर्दै एकद्वार प्रणालीमार्फत् अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्र र कागजातहरूमा विद्युतीय प्रणाली लागू हुने भएको हो ।

अन्तर्राष्ट्रिय व्यापार वा भन्सार जाँचपाससँग सम्बन्धित अनुमतिपत्र, इजाजत, प्रमाणपत्र र अन्य निवेदनका लागि नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत् कार्यान्वयन ल्याउन भन्सार ऐन २०६४ को १२औं संशोधन गरेको छ ।

उक्त नियमवालीबमोजिम निकासी पैठरीकर्ताले विभागमा पेश गर्ने कागजातहरू विद्युतीय स्वरुपमा स्वीकार गर्ने र विद्युतीय माध्यमबाट कुनै दस्तुर वा रकम बुझ्न एकद्वार प्रणालीको पोर्टल धधध।ललकध।नयख।लउ बाट आगामी फागुनदेखि पूर्णरुपमा विद्युतीय प्रणालीबाट लागु गरिने विभागले जनाएको छ ।

सो मितिसम्म विद्युतीय तथा म्यानुअल सिस्टम दुबैबाट निवेदन दिन सकिने गरी व्यवस्था मिलाएको विभागले उल्लेख गरेको छ ।


क्लिकमान्डु