मुलुक फेरि लाइसेन्स राजतर्फ फर्कियोः बिनोद चौधरी



काठमाडौं । सांसद बिनोद चौधरीले मुलुक पुनः लाइसेन्स राजतिर फर्केको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं रजत जयन्तिको अवसरमा यस्तो बताएका छन् ।

अहिले स्टक एक्सचेन्ज खोल्न पनि लाइसेन्स चाहिने, ब्रोकर खोल्न लाइसेन्स चाहिने, बीमा कम्पनी खोल्न पनि लाइसेन्स चाहिने, हरेक क्षेत्रमा लाइसेन्स चाहिने हुँदा अब मुलुक लाइसेन्स युगमा फर्केको तर्क गरे ।

पछिल्लो केही समय यता नेपालको अर्थतन्त्रमा बिचौलीया हावी भएको भन्दै यसलाई रोक्न आवश्यक रहेको दाबी गरे । यसले नेपालको अर्थ व्यवस्थालाई समेतपछि पारेको उनको भनाइ छ ।

नेपालमा लाइसेन्स राजको अन्त्य गर्नुपर्छ । प्रत्येक वर्ष सरकार परिवर्तन हुने समस्या समाधान भएको भन्दै अब विकास निर्माणमा आज आवश्यक रहेको बताए ।

उद्योगी समेत रहेका चौधरीले कार्यक्रममा वर्तमान अर्थमन्त्रीले केही महत्वपूर्ण निर्णय गर्न लागेको जानकारी गराए । अहिलेका मन्त्री बोल्ड निर्णय गर्न सक्ने क्षमताको रहेको भन्दै प्रशंसा समेत गरे ।

आगामी दिनमा राज्यले अबलम्बन गरेको खुल्ला आर्थिक नीतिमा सबैले सहकार्य गरेर अघि बढ्न सुझाव दिए । यसलाई कसैले पनि गलत प्रयोग गर्न नहुने र भयो भने त्यसलाई नियमन गर्न नियामक निकायले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । यसले मात्रै आर्थिक विकासको कामले गति लिने उनको दाबी छ ।


क्लिकमान्डु