ग्राण्डी हस्पिटलबाट बाहिरिएका डा‍. च्रकराज पाण्डेले नर्भिक अस्पताल ज्वाइन गरे



काठमाडौं । ग्राण्डी हस्पिटलका संस्थापक रहेका डा. च्रकराज पाण्डे नर्भिक हस्पिटलमा भित्रिएका छन् ।

स्रोतका अनुसार पाण्डेले नर्भिक अस्पतालमा सिनियर भूमिकामा भित्रिएका हुन् ।

डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न साधारणसभाबाट सञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा विदा लिएका थिए । ग्राण्डीको वेवसाइटमा भने अहिलेपनि डा. पाण्डेको नाम मेडिकल डाइरेक्टरको रुपमा चिनाइएको छ ।

ग्राण्डीका अरु प्रमुख लगानीकर्ता रुप ज्योति तथा उपेन्द्र महतोसँग विवादपछि डा. पाण्डे ग्राण्डीबाट बाहिरिएका हुन् । ग्राण्डीका अध्यक्ष रहेका दीपक कुँवर र डा. पाण्डेबीच विवाद भएपछि उनले ग्राण्डी छाड्ने निर्णय गरेका हुन् ।

नर्भिक अस्पतालले पछिल्लो समय आइपीओ समेत ल्याउने तयारी गरेको छ ।


क्लिकमान्डु