मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई यी दु्ई ठाँउमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिषा डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ ।

बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पतालसँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरी सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट को फाइदा लिनसक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु