ठमेल ज्याथा क्षेत्रमा चिनियाँ नागरिकको आतंकः घरमा बस्छन, भाडा नतिरी फरार



काठमाडौं । काठमाडौंमा आएर घर भाडामा बस्ने अनी भाडा नतिरेर चिनियाँ नागरिक सम्पर्कबिहीन बन्ने क्रम बढ्न थालेको छ । यो समस्या अहिले काठमाडौंमा ठमेल, ज्याथा क्षेत्रमा निकै बढ्न थालेको छ ।

ठमेल क्षेत्रमा घर भाडामा लिएर बस्ने चिनियाा नागरिकले अहिले घर मुलीलाई मानसिक तथा शारीरिक यातना दिने क्रम बढेको छ । पछिल्लो समय यस्तै घट्ना उक्त क्षेत्रमा घटेको छ ।

महानगरको वडा नम्बर २७ (साविक ३० वडा) निवासी सुरेन्द्र मुनि तुलाधरको घरमा भाडा गरी बस्ने चिनिया नागरिक लिउ डोङबोले घरको भाडानै नदिएर फरार भएका छन् ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार तुलाधरको ज्याथास्थित कित्ता नम्बर २७८७ मा १२ आना, ३ पैसा १ दाममा बनेको घर डोङबोले भाडामा लिएको र अहिले भाडा नतिरी डोङबो सम्पर्कबिहीन भएको भन्दै १३ दिनमा घरको तल्लाहरु खाली गर्न १५ दिने सूचना जारी गरिएको छ ।

अहिले उक्त क्षेत्रमा भाडा गरी बस्ने चिनिया नागरिकले केही समय भने अनुसार भाडा तिर्ने र केही समयपछि घरधनीलाई विभिन्न यातना दिने गरेको एक स्थानीय युवाले बताए ।


क्लिकमान्डु