प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः श्रममन्त्री



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् ।
श्रममन्त्री श्रेष्ठले विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा सो बताएका हुन् ।

मन्त्रालयमा भएको भेटघाटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताको विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पु¥याउँदै आएकाले आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।

विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउदै आइरहेको सहयोग महत्वपुर्ण रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग वृहत छलफल गरी प्रभावकारी बनाइने बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ विश्व बैंकबाट प्राप्त सहयोगले ठूलो योगदान दिइरहेको छ । यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्छ,’ उनले भने ।

श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृतरुपमा सञ्चालन गर्न स्थानीय तहमार्फत् नमूना सेवा केन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताए । त्यस्तै, मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको जानकारी दिँदै विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

बेरोजगार, गरीब र जोखिमपुर्ण अवस्थामा रहेका समुदायको उत्थानको लागि हाल सञ्चालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षण सम्बन्धि क्रियाकलापहरु एकीकृत रुपमा सञ्चालन गर्ने योजना रहेको बनाएको छ ।

साथै, विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरूलाई एकीकृतरुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए ।

निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।


क्लिकमान्डु