गरिमा विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?



काठमाडौं । गरिमा विकास बैंकले आज (१६ गते) देखि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।
७ वर्ष अवधिको लागि बार्षिक ८.७५ प्रतिशतदर भएको ‘गरिमा डिवेन्चर,२०८५’ निष्काशन गरेको हो । प्रति कित्ता एक हजार रुपैयाँको दरले १० कित्ता निष्काशन गरेको हो । जसमा ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत रुपमा बिक्री गर्ने भएको छ । बाँकी रहेको ४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिन अवधि २० गतेसम्म रहेको छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एक क्यापिटल रहेको छ । आवेदन सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ ।


क्लिकमान्डु