नाडाको नेतृत्वका लागि करण चौधरीले घोषणा गरे प्यानल



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि नाडाका उपाध्यक्ष तथा व्यवसायी करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

चौधरीले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्यानल घोषणा गरेका हुन् ।

चौधरीको आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका छन् । जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ला, निलमणी पाठक, र गंगाराज भट्टराई छन् ।


क्लिकमान्डु