सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दा लगानीकर्ता निरास



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने निकै घटेको छ । कारोबारमा बजार मापन गर्ने सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ बिन्दुमा रोकिएको छ ।

२२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको सेयर कारोबार भएको छ । निकै उतार चढावको बीच बजारमा सामान्य सुधार भएपनि कारोबार रकम बढ्न नसक्दा लगानीकर्ता निकै निरास बनेका छन् ।

एक लगानीकर्ताका अनुसार बजार बढेपनि काराेबार रकमले साथ नदिँदा बजार कसरी अघि बढ्ने हाे भन्ने चिन्तामा लगानीकर्ता रहेकाे बताए ।

निरन्तर घटेको बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने निरन्तर घटिरहेको छ । कारोबारमा बैंकिङ समूहको १.६५, विकास बैंक ७.९३, फाइनान्स ६.९७, जलविद्युत समूहको उपसूचक ७.०४ अंकले बढेको छ भने माइक्रोफाइनान्स ५.९०, निर्जीबन बीमा २२.२१, जीवन बीमा समूहको उपसूचक ४.५३ अंकले घटेको छ ।

कारोबारमा सामालिङ पावर कम्पनीको न्यादी हाईड्रोपावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु