अबैध मोबाइल रोक्ने एमडीएमएस तत्काल लागू हुन्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबैध मोबाइल रोक्ने प्रबिधी मोबाइल डिभाइस म्यानेज्मेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू हुने बताएका छ्न् ।

अबैधरुपमा नेपाल भित्रिरहेका मोबाइल रोक्न भनेर सरकारले साउनदेखि एमडिएमएस लागू गर्ने घोषणा गरेको थियो । तर, पूर्णरुपमा भने लागू हुन सकेको छैन ।

अर्थमन्त्रीको बुधबार नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै तत्काल लागू गर्न निर्देशन दिएको बताए ।

`मैले यो कुरा हिजोमात्र थाहा पाएँ,’ उनले भने, ‘यसलाई तत्काल लागू गर्न आवश्यक छ ।’

चोरीका मोबाइल रोक्न सरकारले सबै किसिमका काम गर्ने बताए । मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सन्जय अग्रवालले अर्थमन्त्रीबाट डिसेम्बर महिनाभित्रै यो लागू हुने प्रतिबद्धता जनाएको बताए ।


क्लिकमान्डु