उपत्यकामा कार्बन उत्सर्जन कम गर्न ४ वर्षमा प्राधिकरणले ७५ करोड खर्च गर्ने



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका कार्बन उत्सर्जन कम गर्नका लागि करिब ७५ करोड खर्च गर्ने भएको छ ।
प्राधिकरणले उपत्यकाका वातावरण अनुकुलन कार्यक्रम औपचारिक रुपमा घोषणा गर्दै करिब ७५ करोड खर्च गर्ने भएको हो ।

कार्यक्रमका लागि संयुक्त राष्ट्र संघ र जीईफले ६२ लाख ४२ हजार ७०० अमेरिकी डलर सहयोग प्रदान गरिएको रकम खर्च गर्ने भएको प्राधिकरणका अर्बन प्लानर भागवत भक्त खोखलीले बताए ।

कार्बन उत्सर्जन कम गर्न नेपालको योगदान निकै कम भएकाले वातावरण अनुकुलनमा जानुपर्छ भन्ने भएकाले यो कार्यक्रम अगाडि बढाएको उनले बताए ।

प्राधिकरणले सो क्षेत्रमा ४ वर्ष काम गर्नेछन् । जसमा काठमाडौं उपत्यकाका तीनवटा जिल्ला, १६ वटा नगरपालिका र २ वटा महानगरपालिका क्षेत्रमा काम गर्ने भएको छ ।

त्यसअन्तर्गत प्राधिकरणले उपभोक्तालाई परेको समस्याहरू, अर्बनमा भएको प्लटिङले भएको समस्याका कारणले के–के भइरहेको छ । साथै, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई समेट्ने जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत हाल भएको सहरहरुलाई व्यवस्थित र बस्नलायक बनाउका लागि कार्यक्रमले सहयोग गर्ने विश्वास लिएको छ । प्राधिकणले पहिलो पटक अर्बन क्षेत्रमा काम गर्ने भएकाले अध्ययन तथा अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आयुक्त जानुका ढकालले सहरी क्षेत्रबाट कार्बन उत्सर्जनलाई सकेसम्म कम गर्ने, हरियाली बनाउनु र जीवजन्तुलाई बस्नलायक सहरको स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।

उपत्यका विकास प्राधिकरणले विभिन्न क्षेत्रमा पार्क निर्माण कार्य गर्दै आएका छन् । त्यसैले, प्राधिकरणले सहर व्यवस्थापन तथा कार्बन उत्सर्जन कम गर्नका लागि नयाँ परियोजनामा काम गर्ने भएको हो ।

‘हामीले घरबाटै कार्बन उत्सर्जन कम गर्दै जलवायू परिवर्तनले पारेको असर थोरै भएपनि कम गर्न सकिन्छ,’ उनले भनिन् । अहिले विश्वलेनै जलवायू परिवर्तन भोगिरहेको छ । कार्बन उत्सर्जन गर्ने ठूला–ठूला देश भएपनि त्यसको असर भोग्ने हामीजस्ता साना–साना देश रहेका छन् । तर, पनि हामीले केही मात्रामा कम कार्बन उत्सर्जन गरेमा वातावरण संरक्षणमा सहयोग मिल्नेछ ।

उनकानअनुसार आफू बसेको छेउछाउ हरियाली राख्ने, प्लास्टिकको उचित व्यवस्थापन गर्ने र स्कुलका विद्यार्थीलाईसमेत चेतना दिएमा केही राहत मिल्नेछ ।

प्राधिकरणले हालै औपचारिक रुपमा घोषणा गरेको वातावरण अनुकुलन कार्यक्रमले काठमाडौं उपत्यकाको विकास योजनामा एकीकृत गर्न सरकारको क्षमता बढ्ने दाबी गरेको छ । उक्त प्राप्त गर्नका लागि प्राधिकरणले ३ लाख ९६ हजार ५९० अमेरिकी डलर खर्च गर्नेछन् ।

उक्त कार्यक्रमबाट काठमाडौं उपत्यकामा बसोबास गर्ने स्थानीय समुदाय र चेतना बढाइने उल्लेख गरेको छ । उक्त कार्यक्रमका लागि प्राधिकरणले ४ लाख ५८ हजार ७५० अमेरिकी डलर खर्च गर्नेछ । साथै, बाढी, पहिरो र खडेरीका जलवायु परिवर्तनका असरहरुप्रति काठमाडौं उपत्यकाका समुदारहरूको जोखिम कम हुने प्राधिकारणको दाबी छ । उक्त व्यवस्थापनका लागि प्राधिकरणले ४८ लाख ९९ हजार २२५ अमेरिकी डलर खर्च गर्नेछन् ।

त्यसैगरी, आयोजना व्यवस्थापनका लागि २ लाख ९६ हजार १३५ अमेरिकी डलर र मूल्याङ्कन तथा अनुगमनमा २ लाख ४२ हजार ७०० अमेरिकी डलर खर्च हुनेछ ।

४ वर्षमा सम्पन्न गर्ने
कार्बन उत्सर्जन कम गर्नका लागि प्राधिकरणले ४ वर्ष काम गर्ने भएको छ । प्राधिकरणले सो कार्यक्रमअन्तर्गत ग्राउन्ड वाटर रिचार्जको व्यवस्थापन, वृक्षरोपण, फोहोरमैलाको व्यवस्थापन, ढलको व्यवस्थापन, बाढीको नियन्त्रणलगायतका कार्यमा बढी जोड दिई कार्बन उत्सर्जन कम गर्ने जनाएको छ ।

जसमा प्राधिरणले डिसेम्बरसम्ममा ५१ हजार ८२४ रुपैयाँ अमेरिकी डलर खर्च गर्नेछन् । त्यसैगरी, आगामी सन् २०२२ मा ७ लाख ७२ हजार ६९३ अमेरिकी डलर, सन २०२२ मा २६ लाख ११ हजार ९७३ रुपैयाँ अमेरिकी डलर, सन् २०२४ मा २४ लाख ३५ हजार ८७३ रुपैयाँ अमेरिकी डलर र सन् २०२५ को शुरुवातीदेखि अगस्टसम्ममा ३ लाख ७० हजार ३३६ रुपैयाँ अमेरिकी डलर खर्च गर्ने प्राधिकरणका अर्बन प्लानर खोखली बताउँछन् ।


क्लिकमान्डु