जापान सरकारले दिने १० अर्ब ३९ करोड ऋणका लागि वार्ता टोली गठन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले जापान सरकारले दिने भनेको १० अर्ब ३९ करोड ऋणका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

जसमा जापान सरकारले आर्थिक वृद्धि तथा उत्पादनशिताका लागि दिने नीतिगत ऋण लिनका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।


क्लिकमान्डु