यी हुन् चीनबाट भित्रिने मुख्य ४० वस्तु, कोरोनाले बढायो औषधि आयात



काठमाडौं । नेपालको मुख्य आयातकर्तामा पर्ने चीनबाट नेपालले धेरै परीणामका प्रमुख ४० प्रकारका सामान आयात गर्दै आएको छ ।

नेपालले चीनबाट करोडौं रुपैयाँका सामान्य खेलौनादेखि औषधिसम्म आयात गर्छ । चीनबाट ठूलो परीणामा ४० प्रकारका सामान आयात भए पनि सानोमात्रा दर्जनौं अन्य वस्तु नेपाल आउँछन् ।

दुई वर्षदेखि कोरोना संक्रणमा गुज्रिरहेको बेला पछिल्लो वर्ष चीनबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा चीनबाट हुने आयात २८.६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा चीनबाट १ खर्ब ८१ अर्बको ९२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । गत आवको आयात २८.६ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यस्तै आव २०७५÷०७६ को तुलनामा आव २०७६/०७७ मा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । अघिल्लो कोरोनाको समयमा घटेको आयात पछिल्लो कोरोनाको समयमा भने बढेको छ ।

नेपाल राष्ट्र बैंकको विवरणअनुसार पछिल्लो समय सबैभन्दा बढी औषधि आयात भएको छ । कोरोनालगायतको औषधि चीनबाट ४ अर्ब ५० रुपैयाँको आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २९७.६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ अर्ब १३ करोड २० लाखको आयात भएको थियो ।

यस्तै प्रतिशतको आधारमा हेर्दा धेरै आयात हुनेमा लसुन पनि रहेको छ । लसुन अघिल्लो आवको तुलनामा २५५.९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २९ करोड ५० लाखको आयात भएकोमा गत आवको सोही अवधिमा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको लसुनमात्रै आयात भएको छ ।

गत आर्थिक वर्षका नेपालमा बढी रकमको आयात हुनेमा दूरसञ्चार उपकरण पनि रहेका छन् । गत आवमा चीनबाट मात्रै ३१ अर्ब ५५ करोड २० लाख रुपैयाँको आयात भएको छ । अघिल्लो आवको तुलनामा यस्तो आयात ६३.२ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा १९ अर्ब ३३ करोड २० लाख रुपैयाँको रहेको थियो ।

धेरै आयात हुनेमा विभिन्न खालका मेशिनरी तथा पार्टस पनि छन् । गत वर्ष यस्तो आयात २१ अर्ब १७ करोड ८० लाख रुपैयाँको आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ११.४ प्रतिशले बढेको छ ।

यस्तै तयारी पोशाकको आयात २२.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालमा चीनबाट १४ अर्ब ६८ करोड ३० लाख रुपैयाँको तयारी पोशाक आयात भएकोमा गत आवको सोही अवधिमा १७ अर्ब ९६ करोड ८० लाख रुपैयाँको आयात भएको छ ।

चीनबाट नेपालमा गत वर्ष १६ अर्ब ७० करोड ९० लाख रुपैयाँको विद्युतीय उपकरण आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.७ प्रतिशतले बढेको छ ।

नेपालमा चीनबाट बढी आयात हुने वस्तुमा क्यामेरा, रासायनिक पदार्थ, रासायनिक मल, मेडिकलका सामान तथा पार्टपुर्जा, जुत्ता तथा चप्पल, खेलौना, यातायातका साधन तथा पार्टपुर्जा, भिडियो टेलिभिजन तथा पार्टस् रहेका छन् ।


क्लिकमान्डु