दशैं र तिहार सकिएपछि २६ अर्ब नगद प्रणालीमा फर्कियो



काठमाडौं । दशैं र तिहार सकिए लगत्तै बैंकिङ प्रणालीमा २६ बैंकिङ प्रणालीमा फर्किएको छ । खासगरी दशैंको अवसरमा चलनचल्तीका लागि नयाँ नोट बजारमा पठाउने चलन छ ।

उपभोक्ताहरुले पनि आर्थिक गतिविधिहरु बढि हुने हुँदा नगद नै राख्न मन पराउने भएकाले चलनचल्तीमा बढी नगद रहेको थियो । तर दशैं र तिहार सकिएसँगै कात्तिक महिना सकिँदासम्म चलनचल्तीमा अघिल्लो महिनाको तुलनामा २६ अर्ब २० करोड रुपैयाँ कम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल चलनचल्तीमा ६ खर्ब ८७ अर्ब ७७ करोड रुपैयाँ छ । जबकी असोज महिनामा चलनचल्तीमा ७ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकसँग कात्तिक मसान्तसम्म कुल १५ खर्ब ६५ अर्ब ६५ करोड रुपैयाँ सम्पत्ति छ । जबकी असोज मसान्तसम्म बैंकसँग कुल १५ खर्ब ५० अर्ब रुपैयाँ थियो । यसबीचमा राष्ट्र बैंकको सम्पत्ति १५ अर्ब रुपैयाँले बढेको छ ।


क्लिकमान्डु