करिब ३० करोड राजश्व छली गर्ने ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले करिब ३० करोड राजश्व चुहावट गर्ने ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले सिमरा जितपुरका उज्वल ट्रे कन्सर्नका प्रोप्राइटर रामवावु प्रसाद यादव, दिव्या ट्रेड कन्सर्नका प्रोप्राइटर सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका प्रोप्राइटर शान्तिराम सिटौला र उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्न ट्रेडका खाता सञ्चालक प्रदीम साह गोढे विरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरुले वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्रै जारी गरी मूल्य अभिवृद्धि कर ९ करोड १८ लाख ९९ हजार ३४९ रुपैयाँ र आयकर रकम २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजश्व चुहावट गरेकाले उक्त राजश्व रकम असुल उपरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु