निर्धन उत्थान लघुवित्तको ३ लाख ७६ हजार लुटपाट



दोलखा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ३ लाख ७६ हजार रुपैयाँ लुटपाट भएको छ ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ रातो आहाल भन्ने स्थानबाट सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ स्थित निर्धन उत्थान लघुवित्तीय संस्थाको कर्मचारी सूर्य बहादुर प्याकुरेलको साथबाट नगद ३ लाख ७६ हजार रुपैयाँ लुटपाट भएको छ ।

भिमेश्वर नगरपालिका–९ झक्रिचौरमा मासिक मिटिङमा उठेको उक्त नगद लिएर बागमती प्रदेश ०२–०१८प ६५५६ नम्बरको मोटरसाइकलमा कार्यालयतर्फ जाँदै गरेको बेला ४ जना अपरिचित व्यक्तिहरुले आँखामा माटो छर्की नगद लुटी फरार भएको बताइएको छ ।

उक्त लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु