बालकृष्ण भुषालले किनेपछि केबल वायरको व्यापार ३०% ले बढ्यो



काठमाडौं । बुटवल भैरहवालाई केन्द्र बनाएर व्यापार गर्दै आएको भुषाल समूहले किनेको भुषाल केबल वायरको व्यापार ३० प्रतिशतले बढेको छ ।


सन् २०२० को तुलनामा २०२१ मा ३० प्रतिशतले कम्पनीले व्यापार बढाउन सफल भएको हो । सन् २००५ मा स्थापना भएको कम्पनीलाई भुषाल ग्रुपले किनेर भुषाल केवल एण्ड वायर कम्पनी बनाएको थियो ।

भुषाल वायरले सन् २०२१ मा ७६ करोड ७० लाखको व्यापार गरेको छ । सन् २०२० मा ५८ करोड ७० लाखको व्यापार गरेको थियो । सन् २०१९ मा २७ करोड १० लाखको व्यापार गरेको थियो ।

भुषाल ग्रुप पछिल्लो समयमा आक्रामक ढंगले व्यवसायमा उदाएको समूह हो । कम्पनीको अध्यक्षमा अहिले बालकृष्ण भुषाल छन् भने कार्यकारी निर्देशक अमृत भुषाल छन् ।

भुषाल ग्रुपले साझेदारीमा केही दिन अगाडि रुपन्देहीको ५ तारे होटल टाइगर टप्स किन्ने निर्णय गरेको छ । कोभिडको समयमा नै भुषाल ग्रुपले बिशाल सिमेन्ट किनेको थियो ।

भुषाल वायरले ७१ करोडको ऋणको रेटिङ गराएको छ ।


क्लिकमान्डु