सबैभन्दा बढी आयकर तिर्नेमा एनटीसी र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित



काठमाडौं । गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ ।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान गरे ।

गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी कर नेपाल टेलिकमले बुझाएको छ । नेपाल टेलिकमले कम्पनीमा सबैभन्दा बढी कर बुझाएको भन्दै सम्मान पाएको छ ।

यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन् ।

निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी गतवर्ष आयकर बुझाएको छ ।

विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स रहेको छ । सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त तथा कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक रहेको छ ।

वस्तु व्यापारमा भाटभटेनी, हस्पिटलमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावर रहेको छ ।

सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यम स्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ ।


क्लिकमान्डु