जग्गा प्लटिङ गर्न बैंकले दिने ऋण ३ महिनामा ६ अर्बले बढ्यो, घरजग्गामा २८ अर्ब कर्जा



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा २८ अर्ब कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङअनुसार तीन महिनामा २८ अर्ब २० करोड ६४ लाख रुपैयाँले कर्जा प्रवाह भएको हो ।

जसमा तीन महिनाको अवधिमा १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ १ करोड ५० लाखसम्म व्यक्तिगत घर ऋण लिने र १६ अर्ब २ करोड ३४ लाख रुपैयाँ रियल स्टेटमा कर्जा प्रवाह भएको छ ।

गत वर्ष सोही अवधिमा विभिन्न बैंकबाट ९ अर्ब २८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जसमा गत वर्षको तुलनामा चालु आवमा घरजग्गा तथा आवासीय क्षेत्रमा १२.८ प्रतिशतले बढी कर्जा प्रवाह भएको तथ्याङ्कले देखाउँदछ ।

हालसम्ममा बैंकले घरजग्गा तथा आवायीय क्षेत्रमा ५ खर्ब १० अर्ब ८ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमा व्यक्तिगत आवासीय घर कर्जातर्फ ३ खर्ब १० अर्ब ४४ करोड ३७ लाख र रियल स्टेट ऋणतर्फ १ खर्ब ९९ अर्ब ६४ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंककाअनुसार साउनदेखि असोज मसान्तसम्ममा १ करोड ५० लाखसम्ममा आवासीय रियल स्टेटतर्फ ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्स तथा अपार्टमेन्टमा ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

व्यापारिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा लिएको ऋणमा गत वर्षको तुलनामा २०.६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, आय हुने व्यापारिक कम्प्लेसतर्फ तीन महिनामा ३२ करोड ४० लाख, अन्य रियल स्टेट (प्लाटिङ, जग्गामा) ६ अर्ब २२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै, जग्गाका खरिद र प्लटिङतर्फ ६ अर्ब २२ करोड ७९ लाख रुपैयाँ, अन्य पाइभएम वा फ्लेक्जी ऋणतर्फ १ अर्ब ६६ करोड र अन्यमा १ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु