सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य पतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार २० रुपैयाँ बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु