७ शब्दको ट्वीटले २ दिनमै गुम्यो एलन मस्कको ५० अर्ब डलर



एजेन्सी । विश्वका धनीहरुको सूचीमा शीर्ष स्थानमा पुगेका टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको सम्पत्ति लगातार ओरालो लागेको छ । उनको शिखरको यात्रा केही दिनको रामरमिता जस्तै देखिएको छ ।

त्यसमा अरु कारण नभई आफ्नै खास कारण रहेको पनि अन्तर्राष्ट्रिय समाचार विवरणहरुमा जनाइएको छ । आफ्नै एक बयानका कारण उनको सम्पत्ति केवल २ दिनमै ५० अर्ब डलर बराबरले ओरालो लागेको हो । सेयर बजारमा उनको कम्पनीको सेयरमा भारी मात्रामा गिरावट भएको छ ।

उनले टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्ने बारेमा आम रुपमा राय मागेका थिए । उनको रायको असर सेयर बजारमा पर्दा उनको सम्पत्तिमा उच्च अंकको गिरावट देखिएको हो ।

उनको भनाइको असर भने क्रिप्टोकरेन्सीमा परेको छ । यसको मूल्यमा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । यस्तै, अवस्था सन् २०२० मा समेत भएको थियो । उनको भनाइकै आधारमा त्यतिबेला समेत सेयर बजारमा भारी मात्रामा गिरावट आएको थियो ।

सामान्य विचारले पनि बजारमा कस्तो असर पर्छ ? भन्ने कुरा यसले देखाउँछ । सेयर बजार भनेको मनोविज्ञान पनि हो भन्ने कुरा यसले थप पुष्टि गरेको छ ।

विवरणअनुसार भारतीय अर्बपति व्यापारी एवम् रिलायन्सका मालिक मुकेश अम्बानीको सम्पत्ति ९५ अर्ब डलर बरारबर रहेको छ । अर्थात् उनको सम्पत्तिको आधाभन्दाबढी हिस्सा बराबरको सम्पत्ति घटेको छ ।

ब्लूमवर्ग विलेनियर इन्डेक्समा समावेश भएका अर्बपतिको सम्पत्ति २ दिनमा नै यसरी घट्नुलाई भने आममानिसले आश्चर्यजनक रुपमा लिएका छन् ।

ऐतिहासिकरुपमै पहिलेपटक यस्तो गिरावट देखिएको बताइएको छ । यसभन्दा पहिले अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति पनि एकदिनमा नै ३६ अर्ब डलरले ओरालो लागेको थियो ।

जेफ बेजोसले श्रीमतिसँग सम्बन्धविच्छेद गर्ने घोषणा गरेको समयमा उनको कम्पनीको सेयर मूल्यमा प्रभाव परेको थियो । यो घटना सन् २०१९ को थियो । एलन मस्कले गत हप्ता सामाजिक सञ्जालमा पोष्ट गरेको एक भनाइका आधारमा उनको सम्पत्तिमा उच्च अंकको गिरावट देखिएको हो ।

उनले उनका समर्थक तथा शुभेच्छुकलाई सोधका थिए कि मैले टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्दा के होला भनेर ? तर त्यसको परिणाम भने बजारमा नकारात्मक रुपमा देखिएको छ । यो विवरण आउनुभन्दा पहिले उनका भाइले पनि आफनो धेरै सेयर बिक्री गरेका थिए ।

उनले आफनो ऋण कम गर्नका लागि टेस्लाको सेयर बिक्री गर्न लागेको भनाइ पनि सार्वजनिक भएको छ । टेस्लाको सेयर मूल्य ओरालो लागेपछि जेफ बेजोस र उनको सम्पत्तिको बीचमा ८३ अर्ब डलर बराबरको अन्तर देखिएको छ । मस्कको सम्पत्ति बढेर ३१५ अर्ब डलर पुगेको थियो भने बेजोसको मात्रै २९९ अर्ब डलर बराबर रहेको थियो ।

मस्क यसै वर्षको जनवरीमा बेजोसभन्दा अगाडि बढेका थिए । टेस्लाले आफनो सेयर बिक्री गर्दा एआरके इन्भेस्टमेन्ट म्यानेजमेन्टको मंगलबार मात्रै ७.५ करोड डलरको घाटा भएको थियो । जबकी, ओरेकल कर्पाको २.१ अर्ब डलर बराबरको घाटा भएको थियो । यी दुबै टेस्लाका लगानीकर्ता हुन् । टेस्लाको सेयरमा गिरावट आएपछि मस्कको सम्पत्तिमा समेत कमी आएको छ ।

उनले ट्वीटरमा राखेको ७ शब्दको ट्वीटले उनको सम्पत्ति तेज गतिमा ओरालो लाग्यो । एक–एक शब्दको हिसाब समेत यसमा गरिएको छ । प्रत्येक शब्दको मूल्य १४ हजार करोड बराबर रहन पुगेको छ । यसबाट कम्पनीको मूल्यमा कम भयो नै मस्क आफैंको समेत ३ विलियन डलर बराबरको सम्पत्ति एकै क्षणमा हराएर गयो ।

जानकारका अनुसार मस्क टेस्लामा आफनो हिस्सेदारीलाई कम गर्न चाहन्छन् । करको भार कम गर्नका लागि उनले सेयर बिक्री गर्ने योजना अगाडि सारेका थिए ।

उनले सेयर बिक्री गर्दा के होला भनेर सोधेको प्रश्नको जवाफमा ३५ लाख मानिसले आफनो धारणा दिएका छन् । त्यसमध्ये ५९.६ प्रतिशतले सेयर बिक्री गर्दा हुन्छ भनेका छन् भने ४२.१ प्रतिशतले सेयर बिक्री नगर्न भनेका छन् ।


क्लिकमान्डु