सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य पतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु