सहुलियतपूर्ण कर्जामा १९ सयले लिए १ करोड बढी ऋण



काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि ब्याजद अनुदान सम्बन्धी अन्तर्गत करिब १९ सय जनाले १ करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार असोज मसान्तसम्म १ हजार ८९० जनाले १ करोड रुपैयाँभन्दा बढी कर्जा उपभोग गरेका छन् ।
राष्ट्र बैंकका अनुसार २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । कर्जा स्वीकृत हुन बाँकी रकम १ खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

अहिलेसम्म सहुलियतपूर्ण कर्जा दिनेमा सबैभन्दा अगाडि कृषि विकास बैंक रहेको छ । बैंकले २४ अर्ब ६८ करोड ३१ लाख ३३ हजार ५९५ रुपैयाँ कर्जा दिएको छ । स्वीकृत हुन बाँकी रकम २१ अर्ब ९५ करोड ७१ लाख ४० हजार ४५१ रुपैयाँ रहेको छ ।

दोस्रोमा एनआईसी एसिया बैंकले १७ अर्ब २३ करोड ८९ लाख १७ हजार ७२१ रुपैयाँ स्वीकृत गरेको छ भने १५ अर्ब ५७ करोड ७९ लाख ६१ हजार ७६७ रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्म १२ अर्ब ५५ करोड ७४ लाख ८६ हजार ६५६ रुपैयाँको कर्जा स्वीकृत गरेको छ भने १० अर्ब ७२ करोड ६८ लाख ७७ हजार ५०८ रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

ग्लोबल आइएमई बैंकले ११ अर्ब ७७ करोड ७० लाख ३८ हजार ५६८ रुपैयाँको कर्जा स्वीकृत गरेको छ भने ९ अर्ब २३ करोड १९ लाख ५१६ रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

प्राइम बैंकले ११ अर्ब १६ करोड २९ लाख ४२ हजार ३० रुपैयाँको सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ भने ९ अर्ब ९० करोड ५४ लाख ८ हजार ९ रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

सिद्धार्थ बैंकले १० अर्ब १९ करोड ८७ लाख ८६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ भने ७ अर्ब ३४ करोड ८१ लाख ५६ हजार ३६ रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको छ ।

एनएमबी बैंकले १० अर्ब ११ करोड ९ लाख २० हजार ३९६ रुपैयाँको कर्जा स्वीकृत गर्दा ८ अर्ब ६१ करोड ३२ लाख ५४ हजार ६५४ रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।


क्लिकमान्डु