आउन थाले विदेशी पर्यटक, अक्टोबरमा २३ हजारबढी भित्रिए नेपाल



काठमाडौं । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने नीति लिएसँगै नेपालमा विदेशी पर्यटकको आगामनमा वृद्धि भएको छ ।

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकमा अक्टोबर महिनामा २३ हजार २८४ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२१ को कुनै पनि महिनामा आएका विदेशी पर्यटकको संख्याभन्दा बढी हो ।

यो वर्षको १० महिनामा कुल विदेशी पर्यटकको संख्या १ लाख १४८ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै सार्क राष्ट्रका पर्यटकको संख्या ४८.५७ प्रतिशत, सार्कभन्दा बाहेकका एशियाली राष्ट्रबाट आएका पर्यटकको संख्या ७.८३ प्रतिशत र अमेरिकी पर्यटक १७.१५ प्रतिशत रहेको छ । त्यसैगरी युरोपियन पर्यटकको संख्या १५.१९ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी भारतीय पर्यटक ४५.८७ प्रतिशत, अमेरिकी पर्यटक १५.५४ प्रतिशत, चिनियाँ पर्यटक ५.५५ प्रतिशत, बेलायती पर्यटक ४.३९ प्रतिशत र जर्मनीका पर्यटकको संख्या १.८१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु