सूर्या लाइफ इन्स्योरेन्सले १३.३६ प्रतिशत लाभांश दिने



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १३.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १२.७० र नगद करसहित ०.६६ प्रतिशत रहेको छ ।


यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु