लाभांश पारित गर्न गुँरास लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १० गतेका लागि एघारौँ वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले आफ्नो प्रधान कार्यालय, श्री राज भवन, तीनकुने काठमाडौँमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गर्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८४९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभाले २०७६ साल असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरणसम्बन्धी छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु