भदौ महिनामा रेमिट्यान्स ६.३ प्रतिशतले घट्यो



काठमाडौं । गत भदौ महिनामा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुृसार यस अवधिमा रेमिट्यान्स १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु