आइएमई जनरल इन्स्योरेन्स एसियाको उत्कृष्ट रोजगारदाता अवार्डबाट सम्मानित



काठमाडौं । अक्टोबर ७ तारिखमा भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचआरडी कंग्रेसले एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड २०२१ बाट सम्मानित गरेको छ ।

भुर्चअल माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका सीइओ श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबैलाई धन्यवाद दिए ।

श्रेष्ठले सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने बताए । उनले नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरे ।


क्लिकमान्डु