ठगी आरोपमा प्रकाउ परेका इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद गुम्ने



काठमाडौं । ठगी आरोपमा प्रकाउ परेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद जाने भएको छ ।

मंगलबार नेपाल प्रहरीले सिभिल सहकारीले बचतकर्ताको पौने ७१ करोड रुपैयाँ पैसा नदिएको आरोपमा तामाङलाई प्रकाउ गरेको हो ।सहकारीका १३७ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।


तामाङले सिभिल सहकारीसहित सिभिल हाउजिङसमेत खोलेका थिए । बैंकको लाइसेन्स बाड्न सहज भएको बेला उनले राष्ट्र बैंकबाट सिभिल बैंकको लाइसेन्स लिन सफल भएका थिए । सहकारीको ठगी आरोपमा तामाङ प्रकाउ परेपनि बैंकको व्यवस्थापन र काममा भने असर हुँदैन । बैंकमा रहेको निक्षेप पूर्णरुपमा सुरक्षित छ ।

अहिलेपनि सिभिल बैंकमा ठूला सेयरधनीमा तामाङ पर्छन् । सिभिल बैंकका सञ्चालक तथा उच्चव्यवस्थापन समूहमा रहेका कर्मचारीले तामाङ ठगीको आरोपमा प्रकाउ परेपछि नैतिकताको आधारमा नै राजीनामा दिनुपर्ने बताएका छन् ।

‘ठगीको आरोप लागेपछि नैतिक रुपमा बैंकको अध्यक्ष पदमा बस्न मिल्दैन केही दिनभित्रमा राजीनामा आउने छ,’ बैंकका एक सञ्चालकले भने ।

सिभिल बैंकका अरु लगानीकर्ताले तामाङलाई पहिले नै अध्यक्ष पद छाड्न सुझाव दिएका थिए । तामाङको अरु व्यवसायमा भएको अव्यवस्थापनले सिभिल बैंकलाई असर गर्न सक्ने चेतावनी सेयरधनीले दिएका थिए । तर, तामाङले त्यो अटेर गर्दै पदमा बसेका थिए ।

यस्तो छ प्रहरीको विज्ञप्ति

” संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरु पक्राउ’’

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट रकम झिक्नको लागि पटक-पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको तथा उक्त को-अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै ब्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को-अपरेटिभ लि. जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने हुँदा सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले वचतकर्ताहरुको निक्षेप समेत जोखिममा परेको तथा आफ्नो जिवनभरको सानो-सानो बचतबाट संकलित पुँजी दैनिक उपभोग्य तथा स्वास्थ्य उपचार लगायतका अत्यावश्यक काममा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको कारण बिभिन्न १३७ जना पिडित वचतकर्ताहरुले उक्त को-अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७०,८७,१३,८२१/३२ (सतरी करोड सतासी लाख तेह्र हजार आठ सय एकाइस रुपैया बत्तीस पैसा) रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरु पक्राउ गरि आवश्यक कानूनी कारवाही भईरहेको व्यहोरा सूचित गरिन्छ ।

साथै अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

पक्राउ भएका व्यक्तिहरुको विवरण :

  • नाम थर:- इच्छाराज तामाङ

वतन :- जिल्ला काठमाण्डौं, किर्तिपुर ट्याङलाफाँट

वर्ष:- ५७

पद:- सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पुर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष 

  •  नाम थर:- केशवलाल श्रेष्ठ

वतन :- का.जि. का.म.न.पा.१६ 

वर्ष:- ६२

पद:- संचालक समितिको अध्यक्ष 

  • नाम थर:- भगवान बहादुर सिंह

वतन :- का.जि.का.म.न.पा.१२

वर्ष:- ६२

पद:- सहजकर्ता प्रबन्धक  

  • नाम थर:- मायोनानी महर्जन

वतन :- का.जि.किर्तिपुर न.पा. वडा नं. ९

वर्ष:- ५०

पद:- जुनियर असिसटेन्ट मेनेजर   

  • नाम थर:- एलिना तुलाधर 

वतन :- जि. भक्तपुर, भक्तपुर न.पा. वडा नं. ११

वर्ष:- ४४

पद:- जुनियर असिसटेन्ट मेनेजर  

  • नाम थर:- शंकर प्रसाद पाठक

वतन :- जि. झापा साबिक अर्जुनधारा  गा.वि.स. वडा नं. ९ 

वर्ष:- ४५

पद:- जुनियर अधिकृत   

  • नाम थर:- संगित श्रेष्ठ

वतन :- जि. काभ्रे साबिक गोकुले गा.बि.स. वडा नं. ५ 

वर्ष:-२५

पद:- असिसटेन्ट   

  • नाम थर:- राकेश महर्जन

वतन :- जि. काठमाण्डौं किर्तिपुर नगरपालिका वडा नं. ९   

वर्ष:- ३३

पद:- लेखा अधिकृत 

  • नाम थर:- बुद्धराज तामाङ

वतन :-जि.सिन्धुली दुधौली न.पा. वडा नं. ७ हाल जि. काठमाण्डौं 

बुढानिलकण्ठ न.पा ६ 

वर्ष:- ४०

पद:- जुनियर  साहयक प्रबन्धक 

  • नाम थर:- कौस्तुभ केतन ढुंगाना

वतन :- जि. काठमाण्डौं बुढानिलकण्ठ न.पा -६

वर्ष:- ३७

पद:- जुनियर  सहायक प्रबन्धक

  • नाम थर:- विजय विक्रम शाह

         वतन :- जि. नुवाकोट विदुर नगरपालिका वडा नं. २

वर्ष:- ४३

पद:- सिभिल होम्सका वरिष्ठ प्रबन्धक

  • नाम थर:- हरिहर लामिछाने

       वतन :- जि. मकवानपुर चित्तलाङ वडा नं. ८ घर भई हाल का.म.न.पा. १४, कलंकी 

       वर्ष:- ४६

       पद:- पूर्व लेखा समिति सदस्य

        

                                                                                                         (श्याम कुमार महतो)

                                                                                                           प्रहरी उपरीक्षक                                                                  


क्लिकमान्डु