इच्छाराज तामाङसहित १० जनाभन्दा बढी पक्राउ



काठमाडौं । व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् ।

सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

तामाङसहित प्रहरीले १० भन्दाबढीलाई पक्राउ गरेको हो । सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुलाई सुन्धराबाट पक्राउ गरिएको हो । निक्षेपकर्ताहरुले उनीहरु विरुद्ध ४६ करोडबढीको ठगीको आरोप लगाएका छन् ।


क्लिकमान्डु