बैंकिङ क्षेत्रमा पहिलो पटक एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी



काठमाडौं । एनएमबि बैंकले भिडियो कलमा आधारित केवाईसी सेवा शुरु गरेको छ । एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने गरी बैंकको सेवा शुरु गरेको हो ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो भएको बैंकको दाबी छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकको भनाइ छ ।

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा गराउनका लागि बैंकसम्म नगइ बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्ने गरी सुविधा ल्याएको छ,’ बैंकले भनेको छ ।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकले घरमै बसेर बैंकिङ कारोबार गर्न सक्ने बैंकको भनाइ छ ।


क्लिकमान्डु