एनएमबि बैंकले मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याजदर दिने



काठमाडौं । एनएमबिले बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत् ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडीयो केवाईसीमार्फत् ग्राहकहरुले अनलाईन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटलरुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु