मध्यभोटेकोसी जलविद्युतको आइपीओ असोज २० गतेदेखि



काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदिखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ९० लाख कित्तामध्ये ४ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषकी लागि सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा आवेदन दिन पाउनेछ ।

कम्पनीको आइपीओ असोज २० गते निष्कासन भइ छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ७ गते खुला हुनेछ ।

कम्पनीले उत्पादन गर्ने विद्युत् प्रतिमेगावाट १६ करोड ९७ लाख रुपैयाँ लागत लागेको छ ।


क्लिकमान्डु