‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ डिशहोम जडान गर्दा स्पेन घुम्ने अवसर पाइने



काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सार्वजनिक गरेको छ । यही असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने कम्पनीको भनाइ छ ।

अफर अन्तर्गत हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत् गरिने कम्पनीको भनाइ छ ।

लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।

लालिगा सिजन टिकटमार्फत् डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सकिनेछ ।

यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेको छ ।

डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिका लागि लागू हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु