राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५% क्यास ब्याक पाइने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वको अवसरमा पीओएसको माध्यमबाट कारोबार गर्दा क्यास ब्याकको अफर ल्याएको छ ।

जसमा बैंकले प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ ।

देशभर विभिन्न व्यवसायमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक उपलब्ध हुनेछ । यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशतसम्म अधिकतम क्यास ब्याक वा ५ सय रुपैयाँदेखि ६ पटकदेखि १० पटकसम्म स्वाइप गर्दा १० प्रतिशत क्यास ब्याक वा ७५० रुपैयाँ र ११ पटकदेखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।


क्लिकमान्डु