रिज लाइन ईनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रिज लाइन ईनर्जी कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलेसेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्ती सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भएको छ । सम्झौतामा रिज लाइन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।


क्लिकमान्डु