एकसातामा कर्जा ३१ अर्बले बढ्यो, कर्जा निक्षेप अनुपात ८८.३९ प्रतिशत



काठमाडौं । असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । नेपाल बैकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा असोज ८ सम्मममा ३९ खर्ब ३ अर्ब पुगेको छ ।

एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेप भने नबढेको देखिन्छ । एकसातामा ९ अर्ब रुपैयाँले मात्र निक्षेप बढेको छ ।

असोज ८ सम्म वाणिज्य बैंकमा ४० खर्ब २१ अर्ब स्वदेशी मुद्रामा तथा विदेशी मुद्रामा १ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यस्तै कर्जा ३७ खर्ब ५१ अर्ब स्वदेशी मुद्रामा र विदेशी मुद्रामा १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको औसतमा कर्जा निक्षेप अनुपात ८८.३९ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु