प्रकाश बस्नेत र प्रमिला खनाल अभिनित ‘माया बिना’ म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । रबिन खड्काको ‘माया बिना’को शीर्षकको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो भकारी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको ८ मिनेट २३ लामो म्यूजिक भिडियोमा कलाकार प्रकाश बस्नेत र प्रमिला खनालले अभियन गरेका छन् । भिडियोमा सन्तान सुखको अभावमा पति र पन्तीबीचको सम्बन्धमा आएको दूरीलाई निकै मार्मिक ढंगले देखाइएको छ ।

सन्तान प्राप्ति हुँदै गर्दाको पति र पत्नीबीचको खुसी र प्राप्त नहुँदाको सम्बन्धमा आएको दूरीलाई यौवनदेखि बुढेसकालसम्मको अवधिलाई भिडियोमा सुन्दर ढंगले उतारिएको छ । रबिन खड्काको शब्द र संगीतमा गायक बाबुल गिरि र संगिता थापा मगरको स्वर रहेको छ ।

गीतको एरेञ्जरमा विनय कार्की, मिक्सिङमा बाबुल गिरि रहेका छन् । साथै, भिडियो छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादकमा नवीन निरौला छन् । भिडियोको निर्देशन सुबोल थापाले गरेका थिए । गीत रेकर्डिङ आरोही इन्टरनेइन्मेन्टमा गरिएको थियो ।


क्लिकमान्डु