सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएकोमा मंगलबार ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु