भिष्मराज ढुंगानालाई हटाउन सरकारले सोध्यो स्पष्टिकरण



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई हटाउनको लागि सरकारले स्पष्टिकरण सोध्ने भएको छ ।

सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेपछि ढुंगाना विवादमा तानिएका थिए ।

अर्थमन्त्रालयले ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्न गठन गरेको समितिले उनलाई कारवाही गर्न सुझाव दिएको थियो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।


क्लिकमान्डु