१२१ मध्ये १०३ देशसँग व्यापार घाटा, २१ देशमा निर्यात शुन्य



काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ को भदौ महिनसम्ममा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा १०३ देशसँग व्यापारघाटा व्यहोरेको छ ।

सरकाले भदौ मसान्तसम्ममा १२१ वटा देशसँग प्रत्यक्ष वैदेशिक व्यापार गरेको छ । उक्त वैदेशिक व्यापारमा १९ वटा देशसँग मात्रै नाफामा छ अन्य सम्पूर्ण देशसँग वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले चालु आवको दुई महिनाको अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँ निर्यात गरेको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी राष्ट्र भारतसँग व्यापारघाटा व्यहोरेको छ । उक्त देशबाट नेपालले दुई महिनामा १ खर्ब ८७ अर्ब ४१ करोड ८० लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालले ३६ अर्ब १७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ महिनासम्ममा १ खर्ब ५१ अर्ब २४ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा भएको देखिन्छ ।

त्यस्तै, अर्को छिमेकी राष्ट्र चीनसँग पनि नेपालको व्यापारघाटा उच्च रहेको छ । चीनसँग नेपालले ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँको आयात गर्दा नेपालबाट भने जम्मा १५ करोड ८० लाख रुपैयाँको मात्रै निर्याग गरेको छ । चीनसँग नेपालले भदौसम्ममा ४२ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, तेस्रोमा अर्जेन्टिना रहेको छ । अजेन्टिनासँग नेपालले १० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ । जसमा अर्जेन्टिनाबाट उल्लेख्य रुपमा आयात हुँदा निर्यात कमजोर हुँदा व्यापार घाटा बढी भएको सरोकारवालाहरूको भनाई छ ।

त्यसैगरी युएईसँग १० अर्ब २४ करोड १७ लाख, इन्डोनेसियासँग ८ अर्ब ९४ लाख ७३ लाख रुपैयाँ, अष्ट्रेलियासँग ५ अर्ब ४७ करोड ८९ लाख, ब्राजिलसँग ३ अर्ब २ करोड ७८ लाख, बंग्लादेशसँग २ अर्ब ७९ करोड ७४ लाख, स्वीजरल्यान्डसँग २ अर्ब ७६ करोड ६६ लाख, मलेसियासँग २ अर्ब ७१ करोड। पुरुग्वेसँग २ अर्ब ५१ करोड र अन्य ७ वटा देशसँग भने १ अर्ब बढी मूल्य बराबरको व्यापारघाटा व्यहोरेको छ ।

नेपालबाट निर्यात हुने तर आयात भएका देश
नेपालले अधिकांश देशसँग व्यापार घाटा गरेपनि केही देशसँग भने थोरै मात्रामा भएपनि नाफा कमाएको देखिन्छ ।

नेपालले करिब ११७ देशबाट आयात गर्दा ४ देशबाट भने कुनै आयात गरेको देखिँदैन । तर, नेपालबाट भने निर्यात भएको देखिन्छ । नेपालले दुई महिनाको अवधिमा आइसल्यान्ड, सेन्ट हेलेना, अर्मेनिया र अल्जेरियामा निर्यात गर्दा उक्त देशबाट कुनै पनि वस्तु तथा सेवा आयात भएको छैन । सो देशमा नेपालबाट भने क्रमशः १ लाख ९८ हजार, २ लाख ४३ हजार, १५ लाख ९ हजार र ६ करोड ७ लाख १९ हजारको निर्यात गरेको छ ।

२१ देशसँग निर्यात शून्य
नेपालले २ महिनामा १२१ देशसँग वैदेशिक व्यापार गर्दा ४ वटा देशबाट मात्रै आयात गरेको देखिँदैन । तर, ११७ वटा देशबाट नेपालले आयात गर्दा ८८ देशसँग कम मात्रामा भएपनि व्यापार गरेको छ । अन्य ३३ देशमा भने आयात उल्लेख्य हुँदा निर्यात शून्य रहेको छ । नेपालमा सबैभन्दा बढी पुरुग्वेबाट २ अर्ब ७१ करोडको आयात गर्दा नेपालको निर्यात शून्य अवस्थामा छ । दोस्रोमा म्यानमारबाट १ अर्ब २ करोड ८३ लाखको आयात गरेको छ । तर, निर्यात भने गरेको छैन ।

त्यस्तै अन्य देशमा गुटेमाला, मलवी, ओमन, केन्या, गवोन, युज्वेग्स्थान, अन्डोरा, मान्गोलिया, स्वाजील्यान्ड, लक्जम्बर्ग, नाइजेरिया, मोजामबीक्यू, डोमीनिकन रिपब्लिक, सेर्बिरिया, लिबेरिया, माडागास्कर, टुनासिया, नाइजेरलगायत अन्य १३ देशमा निर्यात शून्य रहेको छ ।


क्लिकमान्डु