कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाई सोमबारेमा



काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाईमा सञ्चालनमा आएको छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो असोज १० गतेदेखि कारोबार शुरुवात गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिबन काटेर नयाँ शाखाको उद्घाटन गरेका थिए । निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न बैंक तयार रहेको तथा बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भइरहेको बताए ।

उनले हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकाले सेवा लिन आग्रह गरे ।


क्लिकमान्डु