गुण एयरलाइन्सले काठमाडौं-तुम्लिङटार-काठमाडौं बुधबारदेखि उडान शुरु गर्ने



काठमाडौं । पोखरा र भरतपुरबाट उडान शुरु गरेको गुण एयरलाइन्सले आगामी बुधबारदेखि काठमाडौं–तुम्लिङटार–काठमाडौंमा समेत उडान शुरु गर्ने भएको छ ।

कम्पनीका अनसार बुधबार काठमाडौं–तुम्लिङटार विहान ८ः४० बजे र तुम्लिङटार–काठमाडौं विहान ९ः४० बजे उडान हुनेछ ।

बन्द भएको ८ वर्षपछि गत असोज १ गतेदेखि गुण एयरलाइन्सले आफ्नो व्यावसायिक उडान पुनः शुरु गरेको थियो । कम्पनीले शुरुमा पोखरा र भरतपुरबाट उडान शुरु गरेकोमा अब अन्य क्षेत्रमा पनि उडान बिस्तार गर्न लागेको हो ।

कम्पनीका अनुसार अब ट्रंकरुटका अधिकांश गन्तव्यमा उडान गर्ने योजना बनाइएको छ ।


क्लिकमान्डु