आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५०% सम्म क्यासब्याक



काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित ‘आइएमई पे’ को दशैंको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याक पाइनेछ । क्यासब्याकको सीमा २ हजार रुपैयाँसम्म राखिएको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’को भुक्तानी सेवासँगै तीन दिनका लागि ५०% क्यासब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागू हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकका लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु