बीमा कम्पनीको आक्रामक व्यापार, एक महिनामा करिब १५ अर्बले बढाए बीमाशुल्क



काठमाडौं । पछिल्लो एक महिनामा बीमा कम्पनीले आक्रामक व्यापार गरेका छन् । गत साउन महिनाको तुलनामा भदौ महिनामा बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन र निर्जीबन दुबै गरी कम्पनीहरुले साउन महिनामा ८८ लाख २८ हजार ८८१ वटा बीमालेख बिक्रीइ गरेकोमा भदौ महिनामा यो संख्या ४ लाख ४० हजार ४७१ ले बढेर ९२ लाख ६९ हजार ३५२ पुगेको छ ।

साथै बीमा शुल्क पनि साउन महिनाको तुलनामा १४ अर्ब ९३ करोड ४७ लाख २० हजार रुपैयाँले बढेको छ । साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा भदौ महिनामा ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ पुगेको छ ।

कोरोना महामारीको कोरोना बीमालेख बिक्रीबाट समग्र बीमा कम्पनी बदनाम भएको भनिरहेका बेलामा बीमा कम्पनीहरुको आक्रामक व्यवसाय गरेका हुन् । हाल कोरोना बीमा दाबी भुक्तानी वापत सरकारले ११ अर्ब रुपैयाँ बराबरको दायित्व बहन नगर्दा बीतिले दाबी भुक्तानी पाउन सकेका छैनन् ।

त्यसैका कारण बीमा कम्पनीहरुले सरकारका कारण समग्र बीमा व्यवसायप्रति मानिसहरुको विश्वास गुम्दै गएको दाबी गर्दै आएका छन् ।

त्यसैगरी गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा जीवन बीमा लेखको संख्या १५.८० प्रतिशत र वैदेखिक रोजगार बीमा लेखको बिक्रीमा ३०.६३ प्रतिशतले कमी आएको छ । साथै कुल जीवन बीमा लेखको संख्या १०.८४ प्रतिशत र कुल निर्जीवन बीमालेखको संख्या ७.६६ प्रतिशतले बढको छ ।

जीवन बीमाशुल्क संकलन ३४.२४ प्रतिशत र निर्जीवन बीमा शुल्क संकलन ३४.१३ प्रतिशतले बढेको छ । यो गत वर्षको भदौ महिनादेखि यो वर्षको भदौ महिनासम्म कुल बीमा शुल्क संकलन ३४.२२ प्रतिशतले बढेको समितिको तथ्यांक छ । यसबीचमा १.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको छ ।

साथै बीमाको दायरामा आएको जनसंख्या २५.५९ प्रतिशत र बीमाको दायरामा आएको जनसंख्या प्रतिशत वैदेखिक रोजगार बीमालेख सहित २७.५२ प्रतिशतमा पुगेको छ ।

बीमा कार्यालयहरुको संख्या ११.५७ प्रतिशत र बीमा कम्पनीहरुको कर्मचारीको संख्या १०.०४ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी १७.९६ प्रतिशत र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी १५.९९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु