सहरको सेयर बजार यसरी पुग्यो गाउँसम्मः रामेश्वर खनाल



नेपालमा अहिले सेयर किन्नका लागि सहजै पहुँच भयो । बैंकमा आश्वा लागू भयो । आश्वाले गर्दा ताप्लेजुङदेखि हुम्लासम्मका व्यक्तिले आइपीओ निष्कासनमा सहभागि जनाउन पाउने अबसर मिल्यो । आश्वासँगै इन्टरनेटको विस्तारका कारणले आइपीओ भर्न सजिलो पनि भयो । आइपीओमा सेयर परिसकेपछि व्यक्तिहरु दोस्रो बजारमा प्रवेश गर्छन् । यस्तो लहर नेपालमा अहिले सूचना प्रविधिको कारणले आएको हो ।

विदेशमा सूचना प्रविधिको युग शुरु नहुँदा पनि एक चरणको यस्तै लहर आएको थियो । भारतमा सन् १९८० देखि १९८६ सम्म आइपीओको लागि लाइन लाग्नेको लहर हुन्थ्यो । त्यो बेला भारतमा आइटी क्षेत्र विकासको प्रारम्भिक चरणमा थियो । त्यो बेला भारतमा ठूलो संख्यामा आइपीओबाट लगानीकर्ताहरु दोस्रो बजारमा प्रवेश गरेका थिए । नेपालमा एकैपटक लगानीकर्ताहरु दोस्रो बजारमा आएका होइनन् ।

कृषि विकास बैंकको सेयर जतिबेला जनतामा बिक्री गर्ने भनियो । त्यो बेला कृषि विकास बैंकले पब्लिक र आफ्ना निक्षेपकर्तालाई सेयर बिक्री गरेको थियो । कृषि विकास बैंकका शाखाहरु गाउँमा थिए । र, सेवाग्राही पनि गाउँमा थिए । सबैभन्दा बढी गाउँमा शाखा हुने कृषि विकास बैंक थियो । कृषि विकास बैंकसँग सम्पर्क भएका व्यक्तिहरु अरु बैंकको सेयर मूल्य बढेको समाचार टेलिभिजन र रेडियोमा सुनेर आइपीओ भर्न आएका थिए । गाउँमा सेयर बजारको लहर लैजाने पहिलो खुट्किलो कृषि विकास बैंकले गरेको थियो ।

यस्तै तामाकोशी र चिलिमे कम्पनी गाउँमा सेयर बजारको लहर लैजाने अर्को कम्पनी हुन् । तामाकोशीको घोषणा पहिला गरेर पछि सेयर जारी गरेको हो । चिलिमेले पहिला सेयर जारी गर्यो । चिलिमेको जुन हिसाबले दोस्रो बजारमा सेयर मूल्य बढ्यो । यसको जानकारी गाउँमा पनि भयो । रसुवाका मान्छेहरुले प्रभावित भनेर सेयर पाएका थिए । चिलिमेको सेयरका कारण रसुवाका मान्छेहरु धनी भए । पछिल्लो समय विकास भएको सामाजिक सन्जालले गर्दा यसरी पैसा कमाएको कुरा फैलिएको छ ।

गाउँमा घरमा अहिले चिया पसल होस् या चौतारो अरु विषयसँगै छलफल हुने विषयमा सेयर बजारपनि भएको छ । अरु सामाजिक र राजनीतिक मुद्दाबाहेक सेयर बजार पनि गफ गर्ने विषय भएको छ । पैसा लगाएपछि फाइदा हुन्छ भन्ने देखेपछि आकर्षित हुन्छ । त्यसपछि आइपीओबाट दोस्रो बजारमा प्रवेश गरेका छन् । दोस्रो बजारमा पुग्नका लागि पनि सजिलो भयो । अहिले दोस्रो बजारमा केवाइसी लगायतका काम डिजिटल माध्यमबाट गर्न सकिने भयो । सेयर डिम्याट गर्न नपाउने ब्रोकरको अफिसमा नै जानुपर्ने बाध्यता छ । सेयर बेचेको २ देखि ३ दिनसम्म पैसा आफ्नो खातामा आउने गर्छ । सूचना प्रविधिको विकासले गर्दा भएको सजिलोले गर्दा सेयर लगानीकर्ताको संख्या सहरबाट गाउँमा गयो ।

काठमाडौंमा केन्द्रित रहेको सेयर बजार बाहिर विस्तार हुनुको अर्को कारण सरकारी कर्मचारी हुन् । यस्तै कतिपय सरकारी कर्मचारीहरु २०५५/५६ देखि जसले सेयर कारोबार गरेका थिए । उनीहरुको विभिन्न जिल्लामा सरुवा भयो । उनीहरुले काठमाडौंबाट यसको जानकारी जिल्लामा पुर्याए । जिल्ला सदरमुकाममा कार्यरत व्यक्तिहरुले यसको जानकारी गाउँमा पुर्याए ।

जनसंख्याको अनुपातमा हेर्दा नेपालमा प्रत्यक्षरुपमा सेयर कारोबार गर्ने संख्या अन्य देशको भन्दा बढी देखिन्छ । भारतमा सन् १९८० देखि ९० सम्म आएको लहर सहरी क्षेत्रमा मात्र भयो । भारतमा अहिले पनि सेयर बजारको लहर गाउँमा पुगिसकेको छैन । हाम्रोमा लहर चलेको बेला सूचना प्रविधिको विकास भयो । बैंकमा राखेर ब्याज खानुभन्दा केही जोखिम लिएर बढी पैसा कमाइ हुन्छ भनेपछि मानिसहरुले स्वभाविकरुपले सेयरमा लगानी गर्न तयार भए ।

भारत र चीनले पश्चिमा देशहरुले जस्तो छिटो सामुहिक लगानी कोषको शुरुवात गरे । त्यसले गर्दा साना लगानीकर्ताहरु सामुहिक लगानी कोेषमार्फत् दोस्रो बजारमा पुगे । हाम्रोमा एकैपटक आइपीओबाट दोस्रो बजारमा जानेको संख्या बढी भयो ।

२०७६ साल चैतदेखि कोरोना भाइरसको कारण लकडाउन भयो । लकडाउन नभएको भए सेयर बजारमा लगानीकर्ता कति थपिन थिए भन्ने कुरा अनुमानमात्र भयो । यसले सेयर बजारमा लगानीकर्ता बढाउनका लागि स्वभाविकरुपमा योगदान गर्यो । जसले जग्गाको कारोबा गरेका थिए । त्यो कारोबार ठप्प भयो । जग्गाको कारोबार गर्ने पनि लगानीको क्षेत्र नभएपछि सेयर बजारमा आयो । लहर चिलिमेमा लाभ प्राप्त भएपछि र कृषि विकास बैंकमा पैसा लगानी गरेको फाइदा लिए । गाउँमा सेयर बजारको पहिलो सन्देश पुर्याएको कृषि विकास बैंक र चिलिमे हो । त्यसपछि सरकारी कर्मचारीले पुर्याएको हो ।

त्यसले एउटा झिल्को गाउँमा सल्काएको थियो । त्यो झिल्को आफ्नो हिसाबले बढ्ने थियो होला । कोभिड १९ का कारण भएको लकडाउनले त्यो झिल्कोलाई बढाउनको लागि मद्दत गर्यो । मेरो सेयरमार्फत् आइपीओ भर्न तथा टिएमएसमार्फत् दोस्रो बजारमा सेयर किन्न सकिने वातावरणको विकास भएपछि अनलाइनमार्फत् सेयर किन्न सक्ने भएपछि स्वभाविकरुपमा संख्या बढ्छ ।

प्रविधिको विकास नभएको बेला काठमाडौंमा हुँदा सक्रिय रुपले सेयर किन्ने व्यक्ति काठमाडौं बाहिर गएपछि सुस्ताउनुपर्ने बाध्यता थियो । विदेशमा गएपछि सेयर कारोबार गर्न सजिलो थिएन । काठमाडौंमा आएर सल्टाउनुपर्ने बाध्यता थियो । कोभिड १९ नभएको भएपनि बढ्ने थियो । लगानी गरेको २ देखि ३ महिनामा दोब्बरदेखि तेब्बरसम्म प्रतिफल आउने भएपनि संख्या बढ्ने थियो । कोभिड १९ ले गर्दा सेयर बजारमा आकर्षित हुनेको संख्यालाई झनै बढायो ।

नयाँ लगानीकर्ता थपिने तथा कोभिडले गर्दा अन्य लगानीको अवसर नभएपछि सेयर बजार बुलिस ट्रेण्डमा गयो । जसले गर्दा सेयर बजारमा अरु लगानीकर्ता थपिए । अब मार्केट केही गरेर बियरिस ट्रेण्डमा आएपनि सेयर बजारको नसाले भने छाड्दैन ।

सेयर बजारमा बजारमा संख्या बढ्दै जादा पूर्वाधारका पनि विकास भएको छ । धितोपत्र बोर्डले ल्याएको बुक बिल्डिङ प्रणाली स्रोत जुटाउनको लागि राम्रो माध्यम हो । तर, यसको दुरुपयोग हुने सम्भावनापनि उत्तिकै हुन्छ ।

२०४६ सालतिर जतिबेला सेयर बजारको बारेमा धेरैलाई चासोपनि थिएन । आइपीओ जारी गरेर कम्पनी गायब भए । निमरड भन्ने कम्पनीले आइपीओ जारी गर्यो । त्यसपछि कहाँ गयो कसलाई जानकारी छैन । एस ल्याबरोट्रोरिज भन्ने नेपाली कम्पनीले पनि आइपीओ जारी गरेर जनतालाई ठग्यो । बुक बिल्डिङमा खराब कम्पनीहरु आउने र संस्थापकले पैसा उठाउने र जनताको पैसा डुबाउने जोखिम हुन्छ । त्यो जोखिम अहिले जलविद्युत् आयोजनामा देखिएको छ । जलविद्युत् आयोजनामा ओभर भ्यालुएसन गरेर बैंकबाट कर्जा लिने प्रवृत्ति हावी छ । त्यही कर्जा तिर्नको लागि पब्लिकमा पहिला आइपीओ त्यसपछि हकप्रद जारी गरेर संस्थापकहरु उच्च मूल्यमा बेचेर बाहिरिने खेल खेल्न खोजिएको छ । नियमन राम्रो भएन भने जनताहरु डुब्ने सम्भावना हुन्छ ।

बुक बिल्डिङ आफैंमा नराम्रो व्यवस्था भने होइन । यसको राम्रो पक्ष भनेको उद्यमीको समाजले रिवार्ड गर्छ । जस्तो फेसबुकको सेयर बजारमा १ डलरमा जारी भयो । त्यो फेसबुकको संस्थापकको उद्यमशिलताको सम्मान हो । उद्यमशिल व्यक्तिको सम्पत्तिको भ्यालुएसन बुक बिल्डिङ बढ्छ । बुक बिल्डिङमा अंकित मूल्यभन्दा बढी पैसा लिइन्छ । जुन पैसा कम्पनीको रिजर्बमा जान्छ । यसले कम्पनीले थप लगानी गर्न सक्ने वातावरण बन्छ ।

यसरी आइपीओ जारी नगरेको भए क्षमता विस्तारको लागि बैंकबाट ऋण लिनुपर्ने थियो । कम्पनीलाई बिनालागत क्षमता विस्तार गर्न सहयोग हुन्छ । असल काम गर्ने उद्यमीका लागि स्रोत जुटाउनका लागि बुक बिल्डिङ निकै राम्रो विधि हो । विश्वका ठूला र राम्रा कम्पनीहरु यही प्रणाली अनुसार नै पब्लिकलाई सेयर जारी गरेका हुन् ।

अंकित मूल्यमा नै सेयर मूल्य बेच्नुपर्छ भनेको भए गुगल, फेसबुक जस्ता कम्पनीले सेयर जारी गर्ने नै थिएनन् होला । उनीहरुले प्रिमियममा आउने पैसालाई लगानी गर्न सक्छन् । यसले समाजमा सम्पत्तिको वितरणको लागि राम्रो विधि हो । निजी स्वामित्वमा एक ठाउँमा रहेको सम्पत्तिलाई केही हदसम्म विकेन्द्रिकरण गर्नका लागि सहयोग पुर्याउाछ । नीतिगत औजरकारुपमा राम्रो हो ।

नियामक निकाय थप चनाखो हुनुपर्छ । नियामक निकायमा बस्ने व्यक्तिहरुले यसरी जारी हुन लागेका कम्पनीको सेयर किन्नु भएन । नियामकमा हुने व्यक्तिहरुले व्यवसायिक स्वार्थ गासिने क्षेत्रमा लगानी गर्नु हुँदैन । राम्रो नीतिले बुक बिल्डिङ नीति कार्यान्वयन भएमा अर्थतन्त्रलाई समेत राम्रो गर्छ । (अर्थशास्त्री खनालसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु