कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७% लाभांश दिने



काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ बाट १८.५० प्रतिशत बोसन र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको असोज ७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड पुग्नेछ ।


क्लिकमान्डु